पृथ्वीनारायण शाहको “दिव्य–उपदेश”

Share to your social account

स्वस्ति श्रीगणेशाय नम: ।। श्रीकालिका सहा । श्री ३ सिव गोरषनाथ सहा: ।। श्री ५ प्रिथिनारायण शाहा: ।। ।।

श्रीश्रीश्री ५ बुढा महाराजले तिन सहर नेपाल र हिंडुपतिको राज लियापछि पछिल्ला पटक् नुहाकोटमा पाउलाग्नुभयामा गुरु प्रोहित थरबर भैयाद भारदार र आºना ददा सुरथसि राना सबैका बुढापाकाछेउ हुकुम भयाका कुरा.

बुढा मरै भाषा सरै भनि भन्छन्. तिमिहरू सबैछेउ सुनाइ गयाको भया तम्रा सन्तानलाई सुनाउला र तम्रा सन्तानले हाम्रा सन्तानलाई सुनाउन र यो राजे थामि षानन् ।

।।उप्रान्त ।। हाम्रा मुमाहरू तिन हुन्. हामी तिन षोपि का पांच पांडुवा को अवतार भयाका थियुं. मेरो विवाहा मकवानपुर मा भयाको थियो. डोला सुम्पेको थियन. र…डोला पनि लैयाउ. नेपाल पनि देषि आउ भनि मकवानपुर गँञु र पुग्यपछि दिकवन्दनसेनलाइ यवटा कुराको करेउलि लिएर भने. यकदन्ता हाति र नवलाषि हिराको हार दिन्छौं भने डोला पनि लैजाला. दिन्न भन्या काढि तरवारसित पनि लैजांला भनि हाम पारि. नेपाले राजा ले चिन्नन् र पक्रनन् भनि स्याषु बडि रापतिका तिरैतिर. भानु जैसि अरू थरघर पनि साथैमा थिया.

चन्डागिरिमा आइपुग्यापछि नेपाल कुन् हो भिन सुध्याँञा र त्यो भादगाउ हो. त्यो पाटन् हो. त्यो काठमाडौ हो. भनि देषा (या) र. मेरो मनमा इ तिन सहरको राजा हुन पाया ता हुँदो हो भन्ने यस्तो मनमा परिरहेथ्यो.

उसै वेलामा उ दुवै जैसिले भने. हजुरको मनकान्छया अविलाष् पुग्ला महाराजा भन्या र मलाई आसर्जे लाग्यो र मेरा पेटका कुरा कसो गरि जानेउ र तस्व भनेउ र भति मैले भन्दा. जसै नेपालमा नजर दिनुभयोथ्यो उसैवेला मोचमा बाहुलि डिदा मनमा नेपालको राजा हुन पाया ता हुदो हो भन्या जस्तो परेछ भनि विन्ति हजुरमा गर्‍याकै हो भने र यो कुरा पुग्ला (त) भनि मैले भन्दा हजूरले गौ ब्रह्मान अतित फकिर देउदेवताको मानिता बहुतै राषनु भयाको छ. हाम्रा हातमा पनि सरसोतिको बर्दान छ. हजूरलाई नेपालको राज (अ) वस्य हुनेछ. भने र. थांकोट्को ठूलो भन्ज्यान् काटि रातदिन गरि कल्ल्हारिघात तरि धदिंन. उक्लेउ र. चेप्याको षावा लिगलिगको आड गरि राषेको मेरा तिन बिर छन्. तिनलाई बोलाहाटको रुका लेषन जैसि भन्दा. तिनको नाम के हो भनि सुध्याया र रणजित् बस्न्यात्. मानसिं रोकाहा विरभद्र पाठक् मैधि मा रात दिन गरि आइपुक भनि लोषी पठाँञा आइपुगे र तिनछेउ यकान्त गर्‍यां (र) भने–

 

दिक्बन्द सेन सित हाक दि आञाँ. नेपाल पनि देषि आञाँ हान्नाको मनसुवा पनि राषी आञाँ. भने. म जसै अर्काको छत्रभङ्ग गर्न जांछु मेरा छत्रभङ्ग गर्न अर्को आयो भन्या कसो होला भनि मैले भन्दा हजूरका हातिहउवा ई बाइस् चौबिसि आयो भन्या चेप्यामा रागतको नदि बहाउला महाराजा भन्या र यकान्तबाट उठि गोर्षा गयउ र पुगेपछि मामाज्यू पनि निलकण्ठ पसुपतिको दर्सनलाई देउघाटको बाटो गरि जानुभयाको रहेछ. निलकण्ठ पसुपतिको दर्सन भयापछि. श्रीगोरषनाथको दर्सनलाई गोर्षामा आउनुभयो र दर्सन भयापछि मसित भेट भयो र मैले भन्या. मामाज्यू मकुवानपुर पनि पुगीआँञं. नेपाल पनि देषि आँञां. हान्नाकोमनसुवा पनि राषि आँञां. कति कुराले मेरो काम फत्ये होला. अर्ति बक्सनुभया हुँदा हो भनि मैले भन्दा मलार्य पनि पञ्चरात्रीमा द्रिष्टान्त भयो. हामीले देषता पाच पाण्डुवाको अवतार भया लाग्दछ. कुरूक्षेत्रको मेला नभै नेपाल फुट्ने छैन.

लमजुन् भन्याको गरुड हो. गोर्षा भन्याको सरप हो. नेपाल भन्याको भ्यागुतो हो. अघी गरुडको आषा छलनु. तब सर्पले भ्यागुतो षान पाउछ. मेरा साथमा चार जातका सिपाहि छन् इन्मा कस्को सबार गर्‍या चाडो काज फत्य होला भनि सोद्धा के के जात छन् भनि सोधनुभयो बाहुन षस मगर ठकुरि इनमा कसको सवार गर्‍या चाडो काज फत्य होला भनि सोद्धा बाहुन्को सवार भन्याको बयेल हो. पातक् लाग्छ. ठकुरिको सवार भन्याको सिंघ हो पछाडि दगा हुन्छ. मग्रपको सवार भन्याको टागन् घोडा हो ।

ढिलो हुन्छ. षसको सवार भन्याको ताजि तुर्कि घोडा हो. षसको सवारगर्‍या चाडो होला भन्या जस्तो लाग्छ भनि अरु ढेरै कुराको अर्ति दि जानुभयोथ्यो.

उनै अर्ति लिँञा र लम्जुंग्या राजा रिपुमर्दन साहसित भेट गर्न भनि गयां, र चेपे घाटमा भेट भयो र घाहा घरेसका बात गर्दा जौना कुराले घाहा बाधुला भंने जढ कुरो मेरा पेटमा थियो सोहि जढ कुरो कालु पाडेले गर्‍यो र घाहा बलियो बस्यो र मलाई आसर्जे लाग्यो र. तर मलाई ता रिझायो. दुनिँञा जसदेषी राजि रहन्छन् उसैलाई कजाई दिनु भन्ने सास्त्रमा पनि कहेको छ. दुनिँञामा बुझिनेहरूं भनि बुझि हेर्दा दुनिञाँबाट पनि कालु पांडेको चाहा रहेछ र कालु पांडेलाई कजाई दिनुभया हामी दुनिञाँदारमा छाहारि रहदो हो भन्या सल्लाहा दिया र. अब बाइसि चौबिसिले क्या भन्छन् भनि बुझनु हुंदा. बाईसि चौबिसिबाट पनि कालु पांडेकै चाहा रहेछ र कालु पांडेलाई काजाञि भया घाहा घराइस् बलियो राषन्यैछ भन्ने सल्लाह दिया. मेरो मनमा ता बिराज बषेतिलाइ कजाइ दिन आटेको थियो। तर ज्याधा बुद्धी कालु पांडेकै ठहर्‍यो र कालु पांडेलाइ कजाञि भयाको हो.

अव पांडे र बस्न्यात्को जुग बाधिदिंछु. तेरि छोरि सिवराम बस्न्यात्को छोरो केहेसिँह बस्न्यात्लाई देउ भनि मागि बिहे गरिदिंञां र पांडे बस्न्यात्को जुग बाधि पांडेको ढाल् बस्न्यात्को तस्वार गरि नेपालमा चढाइ गर्‍याको हो.

उप्रान्त ।। रणजित बस्न्यात् मानसिं रोकाहा विरभद्र पाठक् इनलाई गौटान्को बिराइ लिग्लीग्को आडमा राषि म पनि सल्लान्कोट कि देवी साछयात् छन् भनि भन्दछन. म पनि सायेत गरि जान्छु. भनि विदा गराया र सायेत गरि म पनि गँञु र बारिमा थर्पु पऱ्यो र सल्ल्यानिको थरघरबराहा उमराउहरूसित सुधाँञा.

माईको दर्सन् गर्न हुन्छ की भन्दा भित्र दर्सण पुजाहारि टहलुवालाई मात्रै भित्र दर्सन गर्नु हुन्छ. जो हुकुम् भन्या र ढोकामा ता हुन्छ कि भन्दा ढोकामा ता हुन्छ. भन्या र साज बिह्यान ढोकासम्म जाई पाठ पुजा जप् दर्सन गथ्र्या र एक दिनका रातमा सोपना भयो र दुई हातमा दुई षड्ग लियाकी सात आठ वर्षकी कन्न्या कुसुमे पछिउराको घुगुटि पारि मछेउ आइन् र मैले सोध्या तिमी कस्कि छोरी हौ भनि मैले भन्दा पुजाहारि रानाकि छोरि हुँ भनिन् र उ दुवै षड्ग मेरा हातमा दिइन् र आरसि प्रर्मानको लाल टल्बल् गथ्र्यो षोकीलाबाट झिकी मेरा मुखसम्ममा ल्याई यो पनि निल् भनिन् र तम्रो मनकान्छया पुर्‍याइदियाको छ. म पनि केही माग्छु. थपि जाउ भनि. जसै दुई पाईला गैथिन्. उसै बेलामा म पनि बिम्ज्यौ र भानु जैसि. कुलानन्द जैसि. पुजाहारि रानालाई डाक्यां र सध्यायां. जैसिले पनि पुजाहारिले पनि ति माई हुन् दर्सन पाउनु भयछ. भने र उसै बेलामा धुप् दिप् धजा नैबेदे नित्य पुजालाई सात राग्गा सातै बोका थपि बोर्ला घाटको आम्दानी र घाटै छेउको टार माईलाई संकल्प गरि दिँञा र उसै घरिको सायत गरि रात दिन गरि सरासरी आयां र सिमल्चौर चौतारामा थर्पु हालि बस्याको थिँञा.

दावा भन्या. नुहाकोट् को बहना भन्या षिंच्यात् को कुलो काटि षेत बिराउना को गरी राषाथ्यां. वेत्रावतिका वेनि इन्द्रायेनिका थानमा डुंगा तरि जप पाठलाई जांथ्या. ध्यान भन्न्या सल्ल्यान्कोट्कि देवीको र इन्द्रायनि भैरवीको गथ्र्या. महामंण्डल भनेको नुहाकोटको सवता रहेछ. महामंण्डलमा ग्यामि रामा थियो. तं हाम्रा घरको ग्यामि होस्. महामंण्डल छोडिदे. मछेउ आईज. भ नी पठाञाँ र हुना ता मं हजुरैको हुँ. तर जयाप्रगास मल्लको नुन षाईहाल्यां मरिमेट्न्याछु भनि हाक मारि पठायो र.

येक दिन कचहरि मा बस्याको थिंञां. तान्रा लागेछ र तान्रैमा ता इन्द्रायनिका थानमा बस्याको रहेछु. आजाका साता दिनमा ठुलो सायेत छ. तेसै दिनको सायतले नुहाकोट साध्ये हुन्याछ. भन्याको सुन्या र पात्रो हेरन चैसि भन्यां र पात्रो हेर्‍या र आजका साता दिन विहाउडो सनिश्चर वार ठुलो सायत रहेछ भनि विन्ति गर्‍या र उहि सायतमा महामंण्डलमा उक्लेउ र तरबरार पर्‍यो र हाम्रा नुन्का सेषले झुमाई दिने पंथ वार्‍है वर्षमा मेरा भाई दलमर्दन साहले जेठि तरबार रानाको थापलामा हान्यो र नुहाकोट साधे गरि बढाई गरेउ र ककनि सिवपुरि मा ठाना हालि मुर्चा लाई राषथेउ.
मलाई प्रसुराम थापा ले नेपाल× हान्न आउ भनि हात दिई राषथ्यो. आफ्ना भाईलाई लाषबिसि पुर्‍याउनु बाइसि चौविसि उठाई पछाठी हन्न भनि पठायछ र मैले थाहा पाँञां र कहा पुग्याको छ भनि सुधाँञा र पोषराको हटिया मा ठेरा गरि बस्याको छ भनि सुन्या र तेसलाई बैठाई आउन … चुरेघाटि मा षुपै काटिन्या छ. पाच सात पुस्तालाई षजाना पनि मिल्ने छ । श्री गंगाजिको साध पनि लाग्नैछ । लडाईमा पुकेन भन्या लोलोपोतो अनेक कलछल गरिकन पनि. …

यो नेपालको तषत किल्ला हो. यो किल्ला पायो भन्या चारै बादसाह लाई पनि वह्राला लाउनै छ. (यो) इस्वरले रचना गर्‍याको किल्ला रहेछ । स्वधनुपर्ने रहेन. सिवपुरि १, फुल्चोक् २, चण्डागिरि ३, महादेउपोषारि ४, पालु ५, दाप्चा ६, काहूल्या ७, ईनमा पनि किला पकी बनाउनु…
किल्लापिछे तोप लम्छट् गरी राषीदिनु र जति भन्ज्यां ई छन् भन्ज्यांपीछे यक यक फलामे ढोका बनाई यक यक तोप लम्छट् गरि राषीदिनु र पपांच सिपाहि राषीदिनु र यस्व भयापछि चेवा गन्र्या. चर्चा भागन्या (भागिन्या). नास्न्या. ढुकुवा. फसादि षुनि यस्ताहरूको पनि केही चल्ने छैन. चारै वादसाही चढाइँ गरि आफ्नो भन्या पनि कसैको केही चल्न्या रहेनछ.

उप्रान्त राजा राम शाहले बाध्याको यिति पनि हेरिसकें. राजा जयेस्थितिमल् ले बाध्याको थिति पनि हेरिसकें. राजा महिन्द्रमल्ल ले बाध्याको थिती पनि हेरिसकें. इस्वर ले दियो भन्या म पनि यस्ता बन्देजको बाह्र हजारको थिति बांधि जाला भन्या अवीलाषा थियो.

….. को सकौला भनि सल्लाह गर्दा कसैले पनि ठहराउन सकेन र मैले भन्या. झागल गुरुं सकला भनि ठाकि अह्राई मेरो कंमरको कोताषान दियां र गयो र पुगि गाइनेको भेष गरि हातम बल्छी को टागो लि काषिमा सारंगी च्यापि २ । ४ धार्निको सहर लैगी अरु उसका लस्कर हरू भात षान्या बषत्मा अवसर हेरि बैठाइ आयो र पछाडी सुद्ध गरी नेपाल षोल्याई पुरुब पछिमका दुनिँञा हात गरि नेपाल लियाथ्यां ।।

उप्रान्त ।। यो राजे दुई ढुंङ्गाको तरुल जस्तो रहेछ. चीन बादसाह सित ठुलो घाहा राषनु. दषिनको समुन्द्रका बादशाह सित घाहा ता राषनु. तर यो महाचतुर छ. हिन्दुस्थाना दबाई राषेछ. सरजिमी मा परिरहेछ. हिन्दुस्थाना जाग्यो भन्या कठिन पर्ला भनि किल्ला षोजन आउन्या छ. सन्धीसर्पन् हेरि गढि तुल्याई राषनु र रस्ता रस्तामा भाजा हालि राष्नु र यक दिन त्यो बल आउन्या छ. जाइ कटक् नगर्नु. झिकी कटक् गर्नु. र …..

मुलुकमा ईजारा पनि नदिनु. सर्षारबाट अमानित् राषि सर्षारिया तहसिल राषी सालवसाल् को कचा लिनु. क्या चुनी सिपाई भया. क्या भैभारदार भया. दवलथ भयाकाले तरवारमा पसि मर्न मार्न सकैनन् र हरिप को चमक् हुन्छ. सिपाहि भैभारदारले स्वष गरेनन् भन्या चारै षुट (मा) मेरो तरवार बज्नैछ. स्वषमा पसो भन्या.

मेरा साना दुषले आज्र्याको मुलुक होइन. सबै जात को फुलबारि हो. सबैलाई चेतना भया. यो फुलबारिको छोटा बडा चारै जात छत्तिसै बर्न ले (यसलाई सम्भार गर्नु पर्दछ)

यो असिल हिन्दुस्थाना हो. आफ्ना कुलाधर्म नछोड्नु. ष्वामित् को नुन् को उधार गर्नु. कालुकबर्दारका सन्तानलाई कवर्दारी नछुटाउनु. दषिन को घाहा सिवराम बस्न्यात्का सन्तानलाई नछुटाउनु. भोट को घाहा कालु पांडेका सन्तानलाई नछटाउनु.

पांडे बस्न्यात् पंथ भैयाद मग्र लाई मारातप् दिदा आलोपालो गरि षान दिनु. ई मेरा नुन् गुन् का स्वझा सेवक हुन्. ईनीहरूको जीव जान्या बिराम गर्‍याको भया पनि आफुले गमार्नु. बरु मारातप् दिएर लडाँञीमा झोसिदिनु र जिव जोगाई आयो भन्या बढिया भयो. मरि गयो भन्या आफुले मार्नु (भन्दा) अर्कैबाट मारिदियाको बढिया हुन्छ. तब राजाले सेवकलाई घरमा नमार्नु.

पुरुब पछिमको रस्ता बन्ध गरि नेपालको रस्ता चलाई दिंउंला, आफ्ना आफना जात विसेषको कर्म गर्नु (भन्ने) बन्देज गरिजांला (भन्ने पनि मेरो मनमा अभिलाषा रहेको थियो)

यो तिन सहर भन्याको चिस्व ढुंगो रहेछ. षेलाषाल मात्र ठुलो रहेछ. कुप को पानि षन्याछेउ बुधि पनी हुंदैन. सुरो पनि हुँदैन. षेलषाल मात्रै हुंदो रहेछ. मेरो मनसुवा ता दहचोक्मा दरबार बनाउला र चारै दिसा थरघर को. गुरु प्रोहित. भैयाद. भरादार. मिर उमराउ को घर बनाई छुट्टा दरबार बनाउला र ई तिन सहरमा ता दरबारबाट स्वषसयल लाई मात्रै जाला भंन्या यस्तो अविलाषा थीयो.

उप्रान्त ।। देस का महाजन् लाई गोड प्रसाह देषी उभो आउन नदिनु. देशका महाजन्हरू हाम्रा मुलुकमा आया भन्या दुनिँञां कंगाल गरि छाड्दछन्. हामीले च्यागापांगांलाई तिन सहर र नौलाष् किरायत र हिन्दुपतिको राज आज्र्यथ्येउ. देसका कपरा लगाउनालाई मन्हाई गरिदिनु. आफ्ना देसका कपरा बन्न जान्यालाई नमना देषाई सधाउनु र बन्न लाउनु र यस्व भया नगद देस जादैन.

आफ्ना देसको जिनीस् जरिबुटि देस लैजानु र नगद षैचनु. नगद षैचि राषनु र प्रजा मोटा भया दर्बार बलियो रहन्छ. राजाका भंडार भन्याका रैतानहरू हुन्.

लडाञीमा पनि हान्या र सष दिन्या ई दुवै बरोबर हुन्. जागिर दिदा वितलप् दिदा दुवैलाई बरोबर दिनु. मरयो भन्या उस्का छोरा षुडा हान्नया नहुन्ज्याल मरवट दिनु. षुडा हान्न्या भयापछि जागिरमा उकालिदिनु र राजाले विवेक राषीदिया देसदेसका सिपाहि पनि आसा राषी आउन्छन् र यस्वभया तरवारिया सिपाहि हात लाग्छन्.

राजाका सार भन्याको सिपाहि र रैतिहरू हुन्. राजा चतुर भया सिपाहि र रैति हात हात गरि राष्नु र हुलकुल हुन पांउंदैन. सिपाहि भन्याको तिषारि राषनु. तिषारिराष्याका सिपाहि कसैका मलाजामा पस्तैनन् र आफ्नु काज फत्य हुन्छ ।

गुरुं मगर षान्ज्यादा भैयाद भारदार मिर उमराउ थरघर पुराना पुराना जाची घुंडा गौंडा मा राषनु. पुरुव पछिम्मा षर्स बाहुन लाई दरबारमा पैठ् हुन नदिनु. क्यान भनौला बाहिडा मान्छयाले दरबारमा विथिति गराउछन्.

राजाको हुकुम जफत गरि राषनु. मैले तिं थुम् का बह्रा उमराउलाई ईन्द्रवज्र तुल्याई राष्याथ्या. नगरा निसान पनि दिई राष्याथ्यां. बाह्रबिसको गांठो बाधी दियाको थीयो र सल्ल्यान् लिग्लीग् धादि का मुहुडा मा जाहाजहा काज पथ्र्यो फत्य गथ्र्या र यो अ‍ैस्वर्जे गर्‍याको हो.

तब राजाले ठुलो निँञा निसाफ हेर्नु. अन्याय मुलुकमा हुन नदिनु. निञानिसाप बिगान्र्या भन्याको घुस् दिन्या र घुस षान्या (हुन्). ईन दुईको ता धन जिव गरि लियाको पनि पाप छैन. ई राजाका महासतुर हुन्.

उप्रान्त ।। जड कुरो राजालाई चाहीन्या सिपाहिहरूको घरषेत् मिलाईदिनु र मल्जल् गर्छन र दुवै बोटि भित्र हाल्न पाउछन् र कबिलाको निर्फिक्रि हुन्छ. ढोका मा भया पनि गौडामा भया पनि सिपाहिहरूको छाति बलियो रहन्छ. पजनि गर्दामा पनि सये नाल का कम्पनी जन्माउनु र सये नालका सुवेदार चार पाँच लडाञीमा जस पाई आयाका यस्ता आफुल जाचि सुवेदार हाल्नु. सुवेदारले पनि सातपगरि दुई चार बाढ षायाका यस्ता सातपगरि… हाल्नु. सातपगरिले स्वह्र हुदा हाल्दा आफुसित मर्ने मान्र्य जाची १६ हुदा हाल्नु. १६ हुदाले पनि आफुसित मर्ने मान्र्य जाची सिपाही हालि आफ्ना आफ्ना पट्टि भर्ना गर्नु. पट्टी पट्टिमा सिपाहि पनि षस् मगर गुरुं ठकुरि यिनै चार जात मात्रै षिचोला गरि हाल्नु र तर्वार पर्दा साह्रो हुन्छ ।

लुहा च्याप्न्या पनि इनै चार जात मात्रै हुन् र तरबार पर्दा साह्रो हु्न्छ र बैरि त क्या इन्द्रको आसन् पनि डगाइछ. हजारो धना. हजारौ पथर्कला. हजारौ षुडा. हजारौ तोप भया इन्द्रको आसन पनि डगाईछ.

जयप्रकास मल्लका मतलप् लाई दषिन बाट नागा झिकिया र नेपालभित्र पस्न नदि सातगाउ भित्रैमा भिजाञा.

कास्मेरिषान् नवाफ् मकवानपुरमा चढ्यो र छ अविस् षोडा ले काटि धर्काई सिवाना कटाई आञां. तिन् चार पल्टन् लिएर सिडुली गढि मा हांडीसाहेव चढ्यो र वाहीं पनि काटि पथर्कला च्याति ल्याञा र लषनै बाट तिन मुसल्मा मेरो चाकरिलाई नुवाकोटमा पिछा गरी आयाका थिया … ईनै बन्दुकको तुल कलायेत तिनै मुसरमानले जान्याको रहेछ र सेष जरवर ममतकि भेषासि तिनै जनालाई अजिटनी दियां तिलंगा सधायाको हो.
नेपालको किताब हेर्दा तुर्कना मंग्रात मुग्लाना हुन्या रहे छ र तुर्काना अघि भैगये छ . मगरातको राजा मै हुं . मुग्लानाको दोस् मेट्नालाई आधा थुम मेटि कंपनी जमायाको हो . आधा षुडा आधा पथरकला बनायाको हो .

आफ्ना घरका पुराना सेवक जाची . हजुर मा हरोदम् राषी दरोबस्त बाधि घर बलियो राषनु. यस्व भया दरबार बलियो रहन्छ. राजाको चतुराई भया सिपाही रैति हात गरि राखनु. कसैका मलाजा पछि जुण पछि लाग्नु नदिनु. नुन् पछि लाउनु.

उप्रान्त ।। टक्सार पनि चोषो चलाउनु. अदालथ मा पनि ठकुरि जाचि डिष्ठा राष्नु. मगर जाचि विचारी थाप्नु. कचहरि पिछे यक्यक् पण्डित राषी निञासास्त्र बमोजिम् अदालथ चलाउनु. अदालथका पैसा दरबारभित्र नहाल्नु … फकीर पकिडा अतित जोगि सन्न्यासि व्राह्मणहरू इनैलाई दक्षिणा भोजन चलाई दिनु. उप्रेका पैसा दक्षिणा चलाई धोती रुमाल चलाइदिनु. यस्व भया असत्यको दोस् लाग्दैन.

षानी भयाका ठाउमा गाउ भया पनि गाउ अरु जग्गामा सारिकन पनि षानि चलाउनु. गह्रो बन्या जग्गामा घर भया पनि घर अरु जग्गामा सारि कुलो काटि षेत बनाई आवाद गर्नु.

उप्रान्त ।। कोही बेलामा हात दिना मा पस्या र मलाई झिकाया र पछाडि दागा दिया र महादुष गरि पछाडि सुद्ध गरि नेपाललाई मुर्चा लाञाथ्यां … सये नालका कम्पनी ले छरितो हुन्छ र

यस्व भया सये नालका कंपनिले हजार जवान्लाई भ्याउछ. किल्ला किल्लापिच्छे यक् यक् कम्पनी राषी गर्षा बाडिदिनु र जगेरा बांधी भरि राष्नु.
उप्रान्त ।। मलाई यवटा कुराको संध्यह लागिरहेछ कुन् कुरो भन्या मुग्लाना नजिकै रहेछ. तेस् जग्गामा छोकडा पत्रीया रह्याछन् चित्रकार भर्‍याको कोठामा ढोलक् सितार राग तान् मा भुल्नन्.

राग तान्मा बडो ठुलो मोहो हुन्छ र दवलथ पनि षोलिन्छ. देसको भेद पनि तिनेले लैजान्छन्. र हरिपले दगा गर्छ. रागको अभ्यास पनि कसैले नगर्नु. तिन जातलाई पहाड आमफदरफ् पनि कसैले नषोल्नु अथवा फागुलाई यक् दुई गरी झिकि चाढै विदा गराईदिनु र देसको भेद पनि पाउदैनन्.

आफ्ना स्वष सयेललाई ता सास्त्रबमोजिम को तिनै सहर नेपालको नेवार हरूको नाच झिकाई हेर्‍या पनि हुन्छ. ईनमा ता दियाको पनि आफ्नै देसमा रहंछ. यस्व भया आफ्नु देस गमन रहन्छ ।। ।। ।। ।। ।। ।।

(स्रोत : नेपाल कानुन आयोग)

You may also like this

Share to your social account

7 thoughts on “पृथ्वीनारायण शाहको “दिव्य–उपदेश”

  1. You have made some good points there. I checked on the internet for more information about the issue and
    found most people will go along with your views on this website.
    Ahaa, its fastidious dialogue about this article here
    at this weblog, I have read all that, so now me also commenting at this place.
    I’ll immediately grab your rss as I can’t find your email subscription hyperlink or newsletter service.
    Do you’ve any? Please let me recognise so that I may just subscribe.

    Thanks. http://starbucks.com

  2. Hey there just wanted to give you a quick heads up.
    The text in your article seem to be running off the screen in Opera.
    I’m not sure if this is a format issue or something
    to do with web browser compatibility but I thought I’d post to
    let you know. The layout look great though! Hope you get the problem resolved soon.
    Kudos

  3. I’m impressed, I must say. Rarely do I encounter a blog that’s equally educative and
    interesting, and without a doubt, you have hit the nail on the head.
    The problem is something too few folks are speaking intelligently about.
    I’m very happy that I found this in my search for something regarding this.

  4. Magnificent goods from you, man. I have understand your stuff previous to and you are just extremely
    excellent. I really like what you’ve acquired here, certainly like what you are saying and the way in which you say it.

    You make it entertaining and you still take care of to keep it smart.

    I can not wait to read far more from you. This is really a tremendous web site.

Leave a Reply to Kristen Cancel reply

Your email address will not be published. Required fields are marked *

So glad to see you sticking around!

Want to be the first one to receive the new stuff?

Enter your email address below and we'll send you the goodies straight to your inbox.

Thank You For Subscribing

This means the world to us!

Spamming is not included! Pinky promise.